लोकल कुखुरालाई रोगहरुबाट वचाउन या फैलिन नदिन निम्न कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ :
१. नयां कुखुरा पाल्नका लागि अन्यत्रबाट किनेर ल्याईसकेपछि सबै भन्दा पहिले रानीखेर्त िवरुद्ध खोप लगाउनु पर्दछ ।
२. हप्ता दश दिन सम्म किनेको कुखुरालाई छुट्टै खोरमा राखेपछि मात्रै आफ्नो घरको कुखुरासंग मिसाउनु पर्दछ ।
३ विरामी र स्वस्थ्य कुखुरा अलग अलग राख्नुपर्छ ।
४. रोग फैलिएको समयमा आफ्नो स्वस्थ्य कुखुरा वाहिर छाड्नु हुंदैन ।
५. कुखुरालाई सफा पिउने पानीको ब्यवस्था गर्नु पर्छ । सकिन्छ भने पानीमा पोटास अथवा वेसार मिसाउनु पर्छ ।
६. प्रत्येक दिन कुखुरालाई सन्तुलित आहारा उपलब्ध गराउनु पर्दछ ।
७. कुखुराको खोर भित्र र वाहिर समय समयमा चुना छर्किनु पर्दछ र तुलसी, निम र सुर्तीको पातको धुंवा समय समयमा खोरमा देखाउंदा वाह्य परजिवीहरुबाट कुखुरालाई वचाउन सकिन्छ ।
ड. मरेका कुखुरालाई वाहिर फाल्नुको साटो गहिरो खाल्डो खनी चुना हालेर पुर्नु पर्छ ।
कृषि तथा पशुपालन सम्बन्धि आधुनिक जानकारीको लागि कृपया हाम्रो page Like तथा share गर्नुहोस्
Search on facebook @Farmingnepal
Search on facebook @Farmingnepal
लोकल कुखुरालाई रोगहरुबाट वचाउन या फैलिन नदिन निम्न कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ
Reviewed by Unknown
on
November 19, 2017
Rating:

No comments: