स्वस्थमा पर्ने भयानक असर बाट बच्न र पैसाको बचत गर्न घरमै निम्न बिधिमा बिषादी बनाउनु होस् :-
आवस्यक सामाग्रीहरु :-
१. निमको पात २ किलो
२. गाईको गहुत २ लिटर
३. गाईको गोबर १ किलो
४. सिस्नुको पात १ किलो
५. भाटको पात १ किलो
६. खरानी १ किलो
७. बोझो आधा किलो (५०० ग्राम )
८. लहरे तरकारीको पात १ किलो
९. बकैनुको पात १ किलो
१०. अशुरोको पात १ किलो
तयार गर्ने तरिका :-
- माथि उल्लेखित सबै सामानहरु लाई २० लिटर ढक्कन भएको भाडोमा मिसाएर हाल्ने
- सो भाडोलाई बिहान देखि बेलुका सम्म धाम लागें ठाउमा राख्ने र दिनको एक पटक चलाउने
- १५ दिन पछि बिसादी लेदो रुपमा प्रयोग गर्न योग्य हुन्छ
प्रयोग गर्ने बिधि :-
- लेदो रुपमा रहेको बिसादीलाई निचोरेर ५ लिटर जति झोल तयार गर्ने
- येसरी तयार गरेको ५ लिटर झोलमा १ लिटर पानि मिसाउने
- येसरी तयार गरेको बिसादी लाई धन, मकै,तरकारी बालि आदि मा छर्केर रोग तथा किरा धेरै कम गर्न सकिन्छ
जय कृषि ✊✊
कृषि तथा पशुपालन सम्बन्धि आधुनिक जानकारीको लागि हाम्रो फेसबुक Page Like गर्नुहोला।
स्वस्थमा पर्ने भयानक असर बाट बच्न र पैसाको बचत गर्न घरमै निम्न बिधिमा बिषादी बनाउन सकिन्छ।
Reviewed by Unknown
on
December 19, 2017
Rating:

No comments: